काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का वरिष्ठ नेता शिव कुमार बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । केही दिनदेखि अस्वस्थ्य भएको र पार्टीको दैनिक क्रियाकलाप सञ्चालन गर्न नसकेको भन्दै अध्यक्ष रञ्जिता श्रेष्ठले बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन् ।
नाउपाका बहुमत केन्द्रीय समिति सदस्यहरुले केन्द्रीय समिति बैठकको माग गर्दै अल्टिमेटम दिइरहेको अवस्थामा श्रेष्ठले बास्तोलालाई जिम्मेवारी सुम्पिएकी हुन् ।
बहुमत केन्द्रीय सदस्यहरूले रञ्जितालाई २४ घण्टे अल्टिमेटमसहित केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै केन्द्रीय समिति बैठक नबोलाए थप निर्यय लिने चेतावनी दिएका छन् ।