काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संवैधानिक परिषद् बहुमतले निर्णय गर्न दिनुपर्ने बताएका छन् । आइतबार नेपाली कांग्रेसको बिटमा समाचार लेख्ने पत्रकारहरूसँग काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सत्तारुढ नेपाली कांग्रेसका सांसदहरूको दबाबबीच संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि )सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक बिहीबार संसद्मै फिर्ता पठाइदिएका थिए । बहुमतले निर्णय गर्न सक्नेगरि संसद्बाट पारित भएर गएको संवैधानिक परिषद्सम्बन्धी विधेयक उनले फिर्ता गरिदिएका थिए ।
कांग्रेस पूर्वमहामन्त्री सिटौलाले भने सरकारलाई निर्णयको सहज वातावरण बनाइदिन संवैधानिक परिषद्मा बहुमतले निर्णयको व्यवस्था राख्नुपर्ने बताएका हुन् ।