काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) नेता झलनाथ खनालले भावनाले मात्रै कम्युनिष्टहरुको एकता हुन नसक्ने बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरु एकताबद्ध हुनु राम्रो कुरा भए पनि सही विचार नभइकन एकताबद्ध गर्न नसकिने बताए।
सही विचार भनेको अहिलेको अवस्था नेपाल कुन ठाउँमा आइपुग्यो भन्ने मूल्यांकन गर्नु रहेको उनको भनाइ थियो। नेपाल अहिले जनवादी क्रान्तिको कालखण्ड पार गरेर समाजवादी क्रान्ति र रुपान्तरणको युगमा आइपुगेको बताए।
उनले भने, ‘कम्युनिष्टहरु एकताबद्ध हुनुपर्छ यो असाध्यै राम्रो कुरा हो। तर भवनाले मात्रै एकता पक्कै हुँदैन। सही विचार नभइकन एकताबद्ध गर्न सकिँदैन।’