गण्डकी । गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको ७६ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट लामो समयदेखि ग्रसित रहेका गुरुङको शनिबार बिहान निधन भएको हो ।
नेपाली कांग्रेस चितवनका अध्यक्ष राजेशवर खनालले पूर्व प्रमुख गुरुङको उनकै निवास भरतपुरको दिब्यनगरमा निधन भएको जानकारी दिए ।
तत्कालीन कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङघलेलमा २००६ सालमा जन्मिनु भएका गुरुङलाई २०७८ साउन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखमा नियुक्ति गरेका थिए ।