काठमाडौं । बागमती प्रदेशका ४ मन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री बहादुर सिंह लामाले ४ मन्त्रीलाई शुक्रबार बेलुका पदमुक्त गरेको पत्र प्रदेश प्रमुखलाई पठाएका छन् ।
मुख्यमन्त्री लामाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने, सहकारी तथा गरिबी निवारण मन्त्री मदु कुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन र संस्कृति तथा पर्यटन मन्त्री विमल चन्द्र ठकुरीले राजीनामा दिएका थिए ।
