काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन नदिने नेकपा एमालेको निर्णयलाई लिएर भण्डारीकी छोरी उषा किरणले मुख खोलेकी छिन् ।
बुधबार सामाजिक सञ्जालमा लेख्दै उनले पार्टीको यो निर्णय र निर्णयमा पुग्न गरिएको तिगडम दुवैबाट आफू अचम्भित भने नबनेको टिप्पणी गरेकी छिन् ।
उनले लेखेकी छन्, ‘तपाईंहरूमध्ये कति जना यो निर्णयबाट छक्क पर्नुभएको छ, यो निर्णय देखेर म छक्क परें। तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउने रहेछन्’ उषा किरणले लेखेकी छन् ।
उषाकिरणले आफू भने निर्णय र त्यसमा पुग्न प्रयोग गरिएको ‘तिगडम’बाट अचम्मित बताएकी छन् । ‘म खुसी छु कि यो खुला रूपमा बाहिर आयो। अनि, आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग!’, उनले भनेकी छन् ।