काठमाडौं । नेकपा एमालेको सदस्य संख्या साढे ६ लाख नाघेको छ । पार्टीको केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेलले नवीकरणबाहेक थप २८ प्रतिशतले सदस्य संख्या वृद्धि भएको जानकारी दिए ।
एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईका अनुसार संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले सबै विवरण नआए पनि हालसम्म ६ लाख ५० हजार सदस्य संख्या कटेको बताएका छन् । यसअघि अघिल्लो वर्ष यहिबेला एमालेको सदस्य संख्या साढे ५ लाख थियो ।
