काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट हटाइएका मुकुल ढकालको विवरण एक वर्षसम्म अद्यावधिक नभएपछि वर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी निर्वाचन आयोगमा पुगेका छन् ।
काबारही गरेको एक वर्षसम्म पनि रास्वपाले विवरण अध्यावधिक नगरेको अवस्थामा कानुन व्यवसायीसहित बुर्लाकोटी ध्यानाकर्षण गराउन निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पुगेका हुन् । उनले आफू रास्वपाको महामन्त्री हेरफेरको विवरण अझै अद्यावधिक नगरेको भन्दै आयोगप्रति रोष प्रकट गरेका छन् ।
रास्वपाको केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर १५ महिनाअघि भएको थियो । तर त्यसपछि हालसम्म विवरण अद्यावधिक भएको अभिलेखबाट नदेखिएको आयोगले गत असार ६ गते जनाएको थियो । त्यहीकारण कानुनी रुपमा रास्वपाको महामन्त्री ढकाल नै भएको आयोगले जनाएको थियो । ढकालले पनि आफू कानुनी रुपमा महामन्त्री रहेको दाबी गरिरहेका छन् ।