काठमाडौं । नेकपा एमालेले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ । शुक्रबार र शनिबार बसेको पार्टीको पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने विषयलाई स्वीकार गर्दै बैठकबाट उक्त प्रस्ताव पारित गरेको गौतमले जानकारी दिए । पोलिटब्युरो बैठकमा ६८ जना सदस्यले धारणा राखेको पनि गौतमले जानकारी दिए ।
यस्तै नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नभइसकेको स्पष्ट पारेको छ । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको पार्टी सदस्यता हालसम्म नवीकरण नभएको बताएका हुन् ।
पार्टीको दुई दिने पोलिटब्युरो बैठकपछि निर्णयहरू सार्वजनिक गर्ने क्रममा गौतमले भण्डारीको सदस्यता विषयमा छलफल हुने जानकारी दिँदै हाल त्यो प्रक्रिया ‘पेन्डिङ’ अवस्थामा रहेको बताए।