काठमाडौं । नेकपा (एमाले) संघीय संसदीय दलले राष्ट्रिय सभामा सत्ता पक्षका प्रमुख सचेतकको जिम्मेवारी सांसद गोपाल भट्टराईलाई दिएको छ ।
पार्टी विधान २०७७ र संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ बमोजिम भट्टराईलाई प्रमुख सचेतक पदमा आजैदेखि लागू हुने गरी मनोनयन गरिएको हो ।
प्रमुख सचेतक भवगती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएसँगै प्रमुख सचेतको पद रिक्त भएको थियो ।
