काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई छुट रहेको बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भूमि मन्त्री बलराम अधिकारीको राजीनामालाई लिएर सो कुरा बताएका हुन्।