काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले शपथ ग्रहण गरेकी छिन् ।
राष्ट्रपति निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री न्यौपानेलाई शपथ ग्रहण गराएका हुन् ।
नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेकी न्यौपानेलाई हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री नियुक्त गरेका थिए ।घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि उक्त मन्त्रालयबाट राजकुमार गुप्ताले राजीनामा दिएका थिए ।लगत्तै न्यौपानेलाई सो पदमा नियुक्त गरिएको थियो ।