काठमाडौं । नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले स्पेन भ्रमण गएर नफर्किएकाहरू बारे सरकारले अनुसन्धान गरिरहेको बताएका छन् ।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले स्पेन भ्रमणका क्रममा संयुक्त राष्ट्र संघको कार्यक्रममा सरकारी सूचीभन्दा बाहिर रहेर गएका तर नफर्किएकाहरूको बारेमा सरकारले अनुसन्धान गरिरहेको बताएका हुन् ।
उनले प्रधानमन्त्रीसँग गएको मान्छे छोडेर आएको कुरा बत्तिसै आना गलत भएको जिकिर गरे । उनले प्रधानमन्त्री ओलीसँग स्पेन भ्रमणमा गएका केही मानिस नफर्किएको भन्ने आरोप निराधार रहेको दोहोर्याए ।
‘स्पेन भ्रमणमा प्रधानमन्त्री जानुभएको बारेमा कुरा उठ्यो । संसद्मा प्रश्न गर्नुभएको माननीयले एक खालको आत्मलोचना गर्नुभएको छ, मैले त्यसो भनेको होइन भनेको होइन भन्नुभएको छ,’ उनले भने ।