काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पदमुक्त गर्ने तयारी भएको छ । घुस ‘डिल’ को अडिओ प्रकरणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेमा जानकारी लिएर राजीनामा दिन निर्देशन दिएका छन्।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले गुप्तालाई राजीनामा दिन निर्देशन दिएका हुन्। घुस प्रकरणमा मुछिएपछि चर्चामा रहेका मन्त्री गुप्तालाई प्रधानमन्त्री ओली झापाबाट फर्के लगत्तै सोमबार बिहान बालुवाटारमा बोलाएका थिए।