काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘न्यायका लागि’ हस्ताक्षर गरेकी छन् । रास्वपाले आयोजना गरेको हस्ताक्षर अभियानमा उनी आज सहभागी भएकी हुन् ।
मनिषाले बनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर हस्ताक्षर गरिन् । हस्ताक्षरलगत्तै उनलाई सञ्चारकर्मीले घेरेका थिए । संक्षिप्त प्रतिक्रिया दिँदै मनिषाले राज्यबाट रविमाथि अन्याय र दुव्यर्ववहार भइरहेको बताइन् ।