वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले वीरगंजमा देखिएको खानेपानीको संकट समाधानका लागि आफू लागिपरेको बताएका छन्।
बुधबार वीरगंजमा भएको छलफलमा उनले जनताले भोगिरहेको पानीको अभावले आफू चिन्तित रहेको बताएका हुन्। मन्त्री यादवले वीरगंजमा पानीको समस्या समाधान गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे।
उनले वीरगंजसहित तराई–मधेसमा देखिएको खानेपानीको समस्या समाधान गर्न पहल गरिरहेको बताए।मन्त्री यादवले जलवायु परिवर्तनका कारण तराई–मधेसमा परेको खडेरीले खानेपानीको समस्या देखिएको बताए।
बुधबार बिहान मन्त्री यादवले खानेपानीको संकट भएका वीरगंजका विभिन्न वडामा पुगेर स्थलगत निरीक्षण गरेका थिए।