काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रवक्ताको जिम्मेवारीबाट सगुनसुन्दर लावतीलाई पदमुक्त गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले लावतीलाई पदमुक्त गरेको प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
पार्टीका एक नेताका अनुसार, उनले पार्टीका हित विपरीत गतिविधि गरेको पाइएपछि अध्यक्ष लिङ्देनले प्रवक्ताको जिम्मेवारीबाट हटाएका हुन् । त्यस्तै, अध्यक्ष लिङ्देनले पार्टीको केन्द्रीय अनुसन्धान समितिको अध्यक्षमा सांसद रोशन कार्कीलाई मनोनयन गरेका छन् ।