काठमाडौं । नेपाली कांग्रेसले पार्टीको लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्री विक्रम खनाललाई पार्टीबाट निस्कासन गरेको छ ।०७९ मा सम्पन्न निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको प्रमाणित भएपछि कांग्रेसले महामन्त्री खनाललाई पार्टीबाट निस्कासन गरेको हो ।
केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले पार्टीको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पठाएको पत्रमा खनाललाई एक वर्षका लागि पार्टीको सदस्यबाट निष्कासन गरिएको उल्लेख छ ।
पत्रमा ‘स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकोले उपलब्ध प्रमाणको आधारमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख)र (घ) र उपधारा ८(ङ) बमोजिम निजलाई १ (एक) वर्षको लागि नेपाली कांग्रेसको सदस्यताबाट निस्कासन गर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ’ भनिएको छ ।
कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा डलर अर्बपति चौधरीले आफूविरुद्ध हृदयश त्रिपाठीलाई जिताउन खनालसहित कोइराला पक्षले भूमिका खेलेको आरोप लगाएका थिए ।