काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९टिआईए० लाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा आइतबार भएको बैठकमा मन्त्री पाण्डेले विमानस्थलको सेवा सुधारका लागि कार्य योजनाका साथ अघि बढेको विश्वास व्यक्त गरे ।
पर्यटनमन्त्री पाण्डेले टिआइए क्षेत्रको सीमितताका कारण साँघुरो भएकाले यात्रु व्यवस्थापनलगायत काममा कठिनाइ भइरहेको स्पष्ट पारे ।पर्यटनमन्त्री पाण्डेले टिआइएको क्षमता रु ४५ लाख यात्रुलाई ओहोरदोहोर गराउने भए पनि यस वर्ष ९५ लाख यात्रुहरू ओहोरदोहोर गराइसकेको जानकारी दिँदै झन्डै दोब्बर क्षमताको यात्रुलाई व्यवस्थापन गर्नुपर्ने बाध्यताका बीच पनि विमानस्थलको सेवालाई सहज र प्रभावकारी बनाउन लागिपरेको बताए ।
मन्त्री पाण्डेले मानसरोवर जाने पर्यटकका लागि भिसा प्रक्रिया सहजीकरणका लागि परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ दूतावाससँग पहल गरिने विश्वास व्यक्त गरे ।