काठमाडाैं । सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयकबारे चासो राखेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई भेटेर सभामुख घिमिरेले चासो राखेका हुन् ।
‘सभामुखले शिक्षा विधेयक कहिले आउँछ भनेर सोध्नुभयो, यही महिनामा आउँछ भनेको छु,’ मन्त्री पन्तले भने । शिक्षा, विज्ञान तथा प्रविधि समितिमा विधेयक रोकेर मन्त्री पन्तले शिक्षक महासंघसँग छलफल गरिरहेका छन् ।
विधेयकमाथि छलफल गर्न समिति बैठक २२ असारमा बोलाइएको छ । समिति सभापति अम्मरबहादुर थापाले पर्सी पास गर्नेगरी बैठक बोलाइएको बताएका छन् ।