काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पार्टीले निर्देशनमा दिएमा आफूले सभापति पद छोड्ने बताएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य खतिवडाले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा पार्टीले निर्देशन दिएमा आफू समिति सभापति पद छोड्न तयार रहेको बताएका हुन् ।
‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को दफा ८२ मा रहेको कुलिङ पिरियडसम्बन्धी व्यवस्था समितिबाट पारित भएको भन्दा फरक प्रावधान देखिएपछि सभापति खतिवडा विवादमा परेका छन् ।