काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा।सिके राउतले आफ्ना दाजु डा। जयकान्त राउतलाई राष्ट्रिय उपाध्यक्षमा मनोनयन गरेका छन्। पार्टीमा पहिल्यै राष्ट्रिय परिषद्का अध्यक्ष र सङ्गठन विभाग प्रमुखको जिम्मेवारीमा रहेका जयकान्तलाई थप उपाध्यक्ष बनाइएको हो ।
जसको निर्णयले अहिले पार्टीभित्र र बाहिर चौतर्फी आलोचना सुरु भएको छ । पार्टीको कारबाहीमा परेका स्थायी कमिटी सदस्य इन्जिनियर दीपक साहले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो निर्णयको कडा विरोध जनाएका छन् ।