काठमाडौं । नागरिक उनमुक्ती पार्टी नाउपा अब प्रतिपक्षमा बस्ने भएको छ । जसको लागि संघीय सरकारमा रहेका राज्यमन्त्री अरुण चौधरीले भोलि राजीनामा दिने जनाएको छ ।
आज सुदूरपश्चम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेपछि नाउपा रुष्ट भएको हो ।
नाउपाका संरक्षक रेशम चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि प्रतिपक्षमा बस्ने जानकारी दिएका छन् ।
सोही अनुसार अब नाउपा प्रदेश सभा र संघीय सरकममा प्रतिपक्षमा बस्ने भएको हो ।
