काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकले निजामती विधेयकको कुलिङ पिरियडबारे भएको गडबडी सच्याउनका लागि राष्ट्रिय सभालाई आग्रह गर्ने निर्णय गरेको छ ।
बुधबार समितिको कार्यकक्षमा बसेको बैठकले सो आग्रह गर्ने निर्णय गरेको सभापति रामहरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार, विधेयकको उपदफा ४ ले गरेको व्यवस्था र भावनालाई कुठराघात हुनेगरी उपदफा थपिएर संसद्बाट पारित भएको कारण समितिको प्रतिवेदनको बुँदा ४३ लाई आवश्यक संशोधनको व्यवस्था मिलाउने व्यवस्थाका लागि राष्ट्रिय सभालाई आग्रह गरिएको हो ।