काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै निजामती विधेयकमाथि तलमाथि भएको कुरा आएको भन्दै छानबिन हुने बताए । छानबिनपछि जोसुकै दोषी भए पनि कारबाही हुनुपर्ने उनले बताए ।
प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती विधेयकमा कुलिङ पिरियडको व्यवस्था गरिएको थियो । तर, ‘बाहेक’ शब्दका कारण समस्या सिर्जना भएको छ ।सिंहले संविधान निर्माण गर्दा हस्ताक्षर गर्नेहरुले नै संविधानको विरोध गर्नु उचित नभएको धारणा राखे ।
उनले सरकारको आलोचना गर्ने नेताहरुले आफू सरकारमा बस्दा के गरे भन्ने बिर्सन नहुने उल्लेख गरे । सिंहले जनता र देशका लागि काम नगर्ने नेताहरुलाई जनताले निर्वाचनमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए ।