बुटवल । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत चौधौँ बैठकमा लोसपा संसदीय दलका नेता सन्तोष पाण्डेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सभामुख तुलाराम घर्तीलाई जानकारी गराएका हुन् ।
प्रदेशमा लोसपाका तीनजना सांसद छन् । यसअघि जनता समाजवादी पार्टी नेपालले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । जसपा नेपालका एक जना मात्र सांसद छन् ।