काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रतिनिधिसभाको रोष्ट्रममै निजामती विधेयक च्यातिदिएका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै उनले यदी निजामती विधेयक पारित भयो भने यो देशमा आगो बल्ने बताएका छन् ।
यो विधेयक करेक्सन गर्नुपर्ने र फिर्ता हुनुपर्ने बताएका हुन् । उनले यो विधेयक पारित भयो भने गरिब जनतालाई स्वीकार्य नहुने बताए ।