काठमाडौं । आज पनि संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेको छ ।
प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै रास्वपाका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।
सभामुखले समय दिएपछि रास्वपाका सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा उच्च स्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग गरे ।यही माग राखेर प्रतिपक्षी दलले गत जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दै आएका छन् ।