काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ । प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाँदैछन् त्यसअघि उनले आज मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओली शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदैछन् ।
स्पेनमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा प्रधानमन्त्रीले भाग लिने कार्यक्रम छ । त्यसक्रममा स्पेनका प्रधानमन्त्रीसँग भेटवार्ता तय भएको छ ।