काठमाडौँ । डा सीके राउत नेतृत्वको जनमत पार्टीले सचिवालय बैठक बोलाएको छ।
मधेसमा सरकारको नेतृत्वकर्ता दल जनमतलाई नै बाइपास गरेर बजेट ल्याउने काम भएको भन्दै आक्रोशित उक्त पार्टीले आइतबार दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाएको हो ।
जनमतका प्रवक्ता डा शरदसिंह यादवले सचिवालय बैठक तय भएको र सोही बैठकले सरकारसहितका समग्र विषयमा आवश्यक छलफल र निर्णय लिने बताए ।