काठमाडौं । मुकुल ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा फर्काउन माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशको लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ।
ढकालको उक्त रिट निवेदन न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ भएर अन्तरिम आदेशका लागि दुवै पक्षलाई झिकाएको हो । सर्वोच्चले दुवै पक्षलाई असार १७ गते मंगलबारका दिन छलफलका लागि बोलाएको हो ।
ढकालले रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनीष झालाई विपक्षी बनाउँदै रिट हालेका थिए । उनले बुधबार मात्रै सर्वोच्च अदालतमा दर्ता गराएको रिट निवेदनमा बिहीबार सुनुवाइ भएको हो ।
ढकालले आफूलाई रास्वपाका महामन्त्रीको रुपमा कामकारबाही गर्न उत्प्रेषणको आदेश माग गरेका थिए । तर ढकाललाई पार्टीले २०८१ भदौ ११ गते नै निष्काशन गरिसकेको छ ।