काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र सो पार्टीका सभापति रवि लामिछानेलाई अन्याय नहोस् भन्नका लागि आफू अहिले पनि प्रयासरत रहेको बताएका छन्।
मंगलबार सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका नेताहरूसँगको छलफलबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
‘म अहिले पनि रास्वपालाई धेरै भन्न चाहन्नँ । रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका लागि मैले अन्तिम समयसम्म प्रयास गरेको, अझै गर्दैछु,’ प्रचण्डले भनेका छन् ।