काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच बजेटमा टेक एण्ड पे र टेक अर पे दुवै नराख्ने सहमति भएको छ ।
सोमबार नेतृत्वबीचको छलफलमा यस्तो सहमति भएको हो ।उनीहरुबीच अब माग र खपतको आधारमा पीपीए अगाडि बढाउने, ऊर्जा विकास मार्गचित्र २०८१ लाई पूर्णरुपमा कार्यान्वयन गर्ने गरी सरकारले अगाडि बढाउने सहमति भएको हो ।
ऊर्जा व्यवसायीहरुले यसको निरन्तर विरोध गर्दै आएपछि सत्तारुढ दलहरुबीच सो प्रावधान नराख्न सहमति भएको हो ।
यश अघि कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री बिष्णु पौडेललाई बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था नहटाएसम्म बजेट पारित नगर्ने चेतावनी दिएका थिए