काठमाडौँ । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री बिष्णु पौडेललाई बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था नहटाएसम्म पारित नगर्ने चेतावनी दिएका छन्।
उनले सोमबार दिउँसो अर्थमन्त्री पौडेललाई यस्तो चेतावनी दिएको देउवा निकट स्रोतले जानकारी दिएको छ।देउवाले टेक एन्ड पेमा पुरानै व्यवस्था राख्न मन्त्री पौडेललाई आग्रह गरेका थिए। देउवाले पौडेलसँग भनेका थिए- ‘कांग्रेस सांसदहरूको दबाब धेरै छ। पहिलेकै व्यवस्था राख्नुस्।’
नदी प्रवाहमा आधारित रहेर सरकारले विद्युत् खरिद गर्ने व्यवस्था बजेटमा राखिएको छ जसलाई टेक एन्ड पे भनिन्छ। ऊर्जा उत्पादकहरुले यसको विरोध गरेका छन् भने नेपाली कांग्रेस पनि यसको विरोधमा छ।
आगामी आर्थिक वर्षको बजेट मंगलबार पारित गर्ने तयारी छ।