काठमाडौँ । नेपाली कांग्रेसको पूर्वा निर्धारित केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति निकाल्दै असार १५ गतेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक असार १६ गतेका लागि सारिएको जानकारी दिएका छन् । विज्ञप्ति अनुसार बैठक असार १६ गते दिउँसो एक बजे केन्द्रीय कार्यालयमा बस्नेछ ।
