काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी परेको छ ।
हुलाकमार्फत दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय दाङमा आइपुगेको छ । तर जाहेरी अध्ययनकै क्रममा रहेकाले दर्ता भने भइनसकेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुनप्रसाद तिमल्सिनाले बताए ।