काठमाडौँ । एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले बजेट पुस्तिका च्यातेका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठका उनले बजेट पुस्तिका च्यातेका हुन् ।
दैलेखहुँदै जुम्ला जाने सडकमा ७९ किलोमिटर दूरी छोटिन्छ भन्दा सरकारले नसुनेको उनले बताए । ‘भौतिक मन्त्रालयको बजेटले धेरै जिल्ला सम्बोधन गर्न सकेन । अहिलेको बजेट नेतामुखि भएको हुनाले बजेटको किताब हेरेँ, जनताबाट उठेको राजस्वले जनताप्रति उत्तरदायित्व लिएको छैन । एकाधिकार कायम गरेकाले अनुमति लिएर सदनभित्र यो किताब च्यातेको छु,’ उनले भने ।