काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोलाई कार्यालय प्रवेशमा अवरोध भएको छ ।
नगरप्रमुख डा. दीपेन्द्र महतोसँगको विवादपछि उपप्रमुख महतोलाई मंगलबार कार्यालय प्रवेशमा अवरोध भएको हो । कार्यालय गएकी महतोलाई नगर प्रहरीले गेटमै रोकेका छन् ।
गेटमा ताला लगाइएको छ भने उपप्रमुख महतो गेटबाहिर बसिरहेकी छन् । ताला लगाएका नगर प्रहरीहरू भने गेटमा देखिँदैनन् । नगरप्रमुख महतोको निर्देशनमा नगर प्रहरीले गेटमा तालाबन्दी गरेर उपप्रमुखलाई प्रवेशमा रोकेको बताइएको छ ।