काठमाडौं । आम जनता पार्टीले सरकारको कर आतंकविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । आज काठमाडौंमा बसेको पार्टीको केन्द्रीय आम सम्पर्क मञ्चको बैठकले सरकारपिच्छेको कर आतंकविरुद्ध संघर्ष गर्ने निर्णय गरेको अध्यक्ष प्रभु साहले बताए ।
सरकारको मनोमानी करले सम्पूर्ण व्यापार व्यवसाय संकटमा पर्दै गइरहेको भन्दै आमनागरिकको पेशा व्यवसाय बचाउन कर आतंक बन्द हुन जरूरी रहेको बैठकले निष्कर्ष निकालेको उनले बताए । बैठकले संगठन निर्माण एवं विस्तारको कार्यलाई अभियानको रूपमा अघि बढाउने पनि निर्णय गरेको छ ।