काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक शोभा ज्ञवालीसँग भएको टेलिफोन संवादलाई धम्की भनेर प्रचार गरिएकोमा आपत्ति जनाएकी छन् । सो संवादको विषयलाई लिएर विभिन्न सन्चार माध्यममा प्रकासित भ्रामक सामग्रीका सन्दर्भमा उनले आश्चर्य व्यक्त गरेकी छन् ।
मन्त्री राणाले शुक्रबार एक प्रेस नोट जारी गर्दै मिडियाले जिम्मेवारीबोध र विश्वसनीयता गुमाउन नहुने उल्लेख गरेकी छन् । लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएकाले कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया जिम्मेवार हुनुपर्ने बताइन् ।