काठमाडौँ । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज कुमार सिंह पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको हनुमानस्थानबाट उनलाई पक्राउ गरेको हो ।
उनले संसद् विकास कोषको रकम उपभोक्ता समितिमार्फत खर्च गरी कमिसन आफ्नो खातामा जम्मा गर्न लगाउने गरेको खुल्नमा आएको छ ।
महोत्तरी क्षेत्र नम्बर–४ को ख बाट प्रदेश सभामा निर्वाचित सांसद हुन् उनी ।
सिंहले आफ्नो भागमा परेका प्रदेशसभाका योजनाहरू बिक्री गरेको गोप्य सूचना पाएपछि अख्तियारको टोलीले उनको घरमा छापा मारेको थियो ।