काठमाडौं । प्रतिपक्षी दलहरुले आज पनि संसद बैठक अवरुद्ध पारेका छन् ।सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका हुन् । जसका कारण आजलाई तय भएको कार्य सूची हटाउदै भोली दिउँसो ३ बजेका लागि बैठक बोलाएका छन् ।
सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गरे पनि सांसदहरुले मानेनन् । बरु उल्टै प्रतिपक्षी सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेका थिए ।