काठमाडौं । अस्पताल निर्माणमा अनियमितता गरेको आरोपमा नेकपा (एमाले)का मधेश प्रदेशका सांसद दीपन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको औरही नगरपालिकामा अस्पताल निर्माणका क्रममा अनियमितता गरेको आरोपमा ठाकुरविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो ।
आयोगले नगरपालिकाका कर्मचारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।ठाकुर धनुषाको क्षेत्र नम्बर ३‘ख’बाट निर्वाचित सांसद हुन्। मुद्दा दायर भएसँगै उनको सांसद पद स्वत निलम्बनमा परेको छ।