धनगढी । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई प्रदेश सभाबाट निलम्बित गरिएको छ ।
प्रदेश सभाको सोमबारको बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीउपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी आएकाले उनलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको व्यहोरा सुनाएका छन् ।
सोडारी निलम्बनमा परेसँगै प्रदेश सभामा अब एकीकृत समाजवादी ३ प्रदेशसभा सदस्यमा सीमित भएको छ । अख्तियारले सोडारीलाई पदको दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।