काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।
आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिलोगरी सुरु भएको थियो । तर, विपक्षीहरूको अवरोधकाबीच बैठक बस्न नसकेको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।