काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध दर्ता गरिएको भ्रष्टाचार मुद्दामा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक प्रतिशोधको गन्ध मानेका छन्।
प्रचण्डले शुक्रबार नेपालविरुद्ध दर्ता गरिएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोधको परिणाम भएको आरोप लगाएका छन्।
शुक्रबार संघीय संसद् भवनमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘माधव जी को विषयमा माधवजी नै आश्चर्य छु भन्नुभएको छ। अदालतप्रति माधवजीलाई भरोसा छ। अदालतले न्याय गर्छ म छिटै सफाई पाएर फर्कन्छु भन्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ। तर यसमा प्रधानमन्त्रीजीको राजनीतिक प्रतिशोधको गन्ध त आएको छ। र अख्तियारले पनि कतै न कतै गम्भीर प्रश्न जन्माएको छ।’