काठमाडौँ । नेकपा माओवादी केन्द्रको सहायक सङ्गठन मानिने योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को जारी तेस्रो राष्ट्रिय सम्मेलनमा निर्वाचन नहुने भएको छ । सहमतिबाट नै नेतृत्व चयन गर्ने निर्णय भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
जेठ १८ गतेबाट जारी सम्मेलनमा निर्वाचन कार्यतालिका प्रकाशित भइसकेको अवस्थामा सहमतिको नाममा प्रक्रिया स्थगित गरिएको हो ।
सम्मेलनबाट २५१ सदस्यीय केन्द्रीय समिति र ३५ सदस्य पदाधिकारी बनाउने कार्यविधि यसअघि नै बनिसकेको छ ।