काठमाडौँ । मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित विशेष भेलाले जनता समाजवादी पार्टी नेपाल निकट नेपाली समाज मलेसिया गठन गरेको छ।
जनता समाज पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ३१ सदस्यीय कार्यसमितिसहित नेपाली समाज मलेसिया गठन गरिएको छ । समितिको अध्यक्षमा विनोद कुमार यादव, उपाध्यक्षहरूमा पूवराज चौलागाईं र ङावाङ नुरी शेर्पा, महासचिवमा विप्लवी तेन्जु योन्जन, सचिवमा विक्रम याख्खा, सहसचिवमा राम प्रवेश राय यादव र उपसचिवमा घुरण ठाकुर चयन भएका छन्।
सदस्यहरूमा भग नारायण यादव, वरहम देव शाह, श्रीराम मण्डल, खगेन्द्र यादव, सुरेश यादव, राम विनय साह, रन्जीत सन्त, कर्ण विर सिंह, दामोदर यादव, उमेश यादव, ललित मान तामाङ, प्रेम मुखिया, मनीष यादव, सुदामा यादव, बिपना कार्की, देव साहु सोनार, कमल सिंह तामाङ, शिव शंकर साह, रामशरण यादव र पीताम्बर सरदार रहेका छन्।