काठमाडौँ । दक्षिण कोरियाको राष्ट्रपति पदको निर्वाचनमा विपक्षी नेता ली जे-म्युङले सफलता पाएका छन्। सैन्य शासनका कारण ६ महिनादेखि विवादमा रहेको दक्षिण कोरियामा मंगलबार निर्वाचन भएको हो।
यस ६ महिनाको अवधिमा राष्ट्रपति योन सुक योलविरुद्धमा विरोध प्रदर्शन हुनुका साथै महाभियोग पनि लागेको थियो। जितका बाबजुद लीका लागि समय कठिन छ।
देशभित्र ध्रुवीकरण त्यत्तिकै छ भने देश बाहिरको अवस्था पनि असहज छ। दक्षिण कोरियाको नजिकको सम्बन्ध रहेको अमेरिकाले अहिले आयात करमा जोड दिएको छ। लीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आगामी दिनमा गर्ने वार्ता पनि महत्त्वपूर्ण हुने छ।
गएको साता देखि भएको सर्वेक्षणमा उनलाई पछ्याइरहेका युनकै क्याबिनेटका किम मुन सुले लीलाई बधाई दिइसकेका छन्। लीले दक्षिण कोरियामा प्रजातान्त्रिक मूल्य र मान्यतामा प्रश्न उठेकै कारण यसलाई फेरि प्रजातन्त्रका प्रति विश्वास दिलाउन आवश्यक रहेको बताए। ६१ वर्षीय लीले तीन वर्ष अघि युनसँग झिनो मतले पराजयको सामना गरेका थिए।