काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक २ बजेलाई सारिएको छ । सदनको अवारोध अन्त्यका लागि पहल जारी रहेकाले बैठक केही घण्टा पर सारिएको हो । यसअघि आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत जोडिएको भन्दै विपक्षी दलहरूले राजीनामा मागेर सदन अवरुद्ध पार्दै आएका छन् ।गृहमन्त्री रमेश लेखकले आफ्ना कुरा सदनसमक्ष राख्ने भन्दै सभामुखसँग पटकपटक समय मागे पनि उनले बोल्न पाएका छैनन् ।
लगातार सदन अवरुद्ध रहेकाले सभामुख देवराज घिमिरेले आजै विपक्षी दलहरूसँग छलफल गरी सदनमा गृहमन्त्रीले आफ्ना भनाइ राख्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।
